काठमाडौँ । भिजन इनर्जी एण्ड पावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भर्चुअल माध्यमबाट जेठ २ गते विहान ११ बजे विशेष साधारण सभा बोलाएको छ । सभाले कम्पनीको जारी पूँजीले हुने २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र सोही बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
आईपीओ जारी गर्ने क्रममा नियामक निकायबाट प्रबन्धपत्र तथा नियमावली संशोधन‚ थपघट, परिवर्तनको निर्देशन भएका सोहीबमोजिम थपघट, परिवर्तन वा संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि सभाले गर्नेछ ।