काठमाडौं । मंगलवार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ ।
सोमवार प्रतितोला १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलवार तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको हो । चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।
मंगलवार १० ग्राम चाँदीको मूल्य १ हजार ६८९ रुपैयाँ तोकिएको छ । त्यस्तै १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६१ हजार ८६५ रुपैयाँ रहेको छ ।