काठमाडौं । आज (बुधवार) सुनको मूल्य बढेको छ । मंगलवार प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ८५ हजार ३०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ ।
मंगलवार प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार ९६० रुपैयाँ कायम भएको हो । आजका लागि १० ग्राम छापावाल सुनको मूल्य १ लाख ५८ हजार ८६५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ६८० रुपैयाँ ५० पैसा तोकिएको छ ।