काठमाडौं । आज (बिहीवार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीवार १ लाख ८१ हजार ८०० रुपैयाँमा झरेको हो । महासंघका अनुसार आज चाँदीको पनि मूल्य घटेको छ । चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको महासंघको भनाई छ ।
बुधवार प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार भने १ हजार ९२५ रुपैयाँ कायम भएको हो । अन्तरराष्ट्रिय बजारमा पछिल्लो दिन सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि त्यसको असर देखिएको हो ।