काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाल सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको हो । महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार छापावाल सुनको मूल्य १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटेको दिन मंगलवार चाँदीको मूल्य भने बढेको छ ।
चाँदी मंगलावार प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको असर नेपाली बजारमा पनि परेको महासंघको भनाई छ । मंगलवार प्रति १० ग्राम सुनको मूल्य १ लाख ५९ हजार ४३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६८९ रुपैयाँ कायम भएको महासंघले प्रष्ट पारेको छ ।