काठमाडौं। नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्ल्यु वृद्धिले बुटवलमा दिपल ईभी सार्वजनिक गरेको छ । आइतवार बुटवलमा आयोजना गरिएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोजु जोस थाटिल लगायतले फ्युचरिस्टिक डिजाइन र कटिङ एज टेक्नोलोजीसहितको दिपल एस०७ र एल०७ ईभी सार्वजनिक गरेको बताइएको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेयले चांगान र अन्य ब्रान्डले विक्री मात्र नभई विक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । बुटवलका लागि चांगानको डिलर जेनोस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्रकुमार श्रेष्ठले दिपल ब्रान्डबाट आफू निकै उत्साहित रहेको बताए ।
दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी, हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड, आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचर रहेको बताइएको छ । कम्पनीले सोमवारदेखि बुटवलमा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गरेको छ ।