काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छन् ।
तेस्रो विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०८१ को अवसरमा उनी सम्मानित भएका हुन् । पूर्वमन्त्री प्रकाश ज्वाला र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मल्ललाई संयुक्तरूपमा सम्मानपत्र हस्तान्तरण गरे ।
व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको कदरस्वरूप मल्ललाई सम्मान गरिएको आयोजकले जनाएका छन् । उनी ४० वर्षदेखि व्यावसायिक क्षेत्रमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् । अध्यक्ष मल्लले कर्पोरेट सँगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आएका छन् ।
सम्मानपछि चेम्बर निवर्तमान अध्यक्ष मल्लले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताए ।