काठमाडौं। नेपालका लागि विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धि अटोकर्पले ‘अनमिसेबल’ (छुटाउनै नमिल्ने) प्रि–बजेट अफरको घोषणा गरेको छ । बजेट आउनुभन्दा पहिलो सार्वजनिक गरिएको यो अफरले विभिन्न विशेषता र आकर्षक अफरसहित खरीद गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।
‘अनमिसेबल’ प्रि–बजेट अफरमा ग्राहकले अहिलेसम्मकै राम्रो नगद छूट र ग्राहकको पुरानो गाडीमा एक्सचेञ्ज बोनसको व्यवस्था गरिएको बताइएको छ । साथै, ग्राहकले आर्थिक वर्ष २०८२/८३ को रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बीमा नि:शुल्क उपलब्ध गराउने बताइएको छ ।
दिपल ईभीको खरीद गर्ने योजनालाई सहज बनाउन एमएडब्ल्यू वृद्धिले २० प्रतिशत डाउनपेमेन्टमा ८ दशमलव ९९ प्रतिशत ब्याजदरको व्यवस्था पनि गरेको बताइएको छ । साथै, वैशाख १० गतेदेखि ४५ दिनका लागि चल्ने यो अफरमा ग्राहकले नि:शुल्क ७ किलोवाटको वाल चार्ज र ३ किलोवाटको ट्राभल चार्जर पनि पाउनेछन् ।
गएका एक वर्षमा आठसय भन्दा बढी विक्री रेकर्ड राखेर दिपल नेपालको नं १ लक्जरी ईभी ब्रान्डका रूपमा आफूलाई स्थापित गरिसकेको कम्पनीको दावी छ । हाल नेपालमा दिपलको एस०७, एस०७ एल, एल०७ र ई०७ गरी चार ईभी मोडेल छन् । यी ईभीहरूमा उपलब्ध ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचरको माध्यमबाट दिपलले ईभीबाट ग्राहकले गर्ने अपेक्षालाई पुर्नपरिभाषित गरेको बताइएको छ ।