काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको शत प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ३४९ दशमलव ५० कायम भएको छ ।
नेप्सेले मंगलवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
मंगलवार दोस्रो बजारमा रू. ५९९ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर कम्पनीको शेयर आगामी बिहीवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।