काठमाडौँ । आज (शुक्रवार) सुनको मूल्य तोलामा रू १ हजार घटेको छ ।
बिहीवार प्रतितोला रू १ लाख ९० हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज रू १ लाख ८९ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला रू २ हजार कायम भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ३२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस