काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्क्रिय कर्जा यो वर्ष बढेको छ ।
गत वर्ष ७ दशमलव ६१ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ९ दशमलव ४९ प्रतिशत कायम भएको हो । निष्क्रिय कर्जा बढेको कम्पनीको इम्पेयरमेन्ट चार्ज रकम पनि बढेको छ । गत वर्ष ३ कराड ८८ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष १२ कराड ४२ लाख रुपैयाँभन्दा बढी रहेको हो ।
यस वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा १२ करोड ९३ लाख रुपैयाँभन्दा बढी छ, जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा ४ दशमलव ४५ प्रतिशत बढी हो ।
यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने १ करोड ३४ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ४१ करोड ९० लाख रुपैयाँ र जगेडा कोष रकम ७५ करोड ८ लाख रुपैयाँभन्दा बढी रहको छ ।
तेस्रो त्रैमाससम्म ३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ८ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । यस अवधिसम्म कम्पनीले १४ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ १५ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १५२ रुपैयाँ ९१ पैसा छ ।