काठमाडौं । यो साता समग्र धितोपत्र बजार मापक नेप्से परिसूचक २ दशमलव ३८ प्रतिशत घटेको छ ।
गत साताको अन्तिम कारोबार दिन २ हजार ७२२ दशमलव ७३ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६५८ दशमलव शून्य २ विन्दुमा बन्द भएको हो । अंकका हिसाबमा यो साता नेप्से ६४ दशमलव ७१ अंक तल झरेको छ ।
यो साता पाँच कारोबार दिनमा चार कारोबार दिन बजार लगातार घटेको थियो भने अन्तिम कारोबार दिन २ दशमलव शून्य ८ अंकले बढेर बजार सम्हालिएको थियो ।
पछिल्लो साताको कारोबारलाई हेर्दा लगानीकर्तामा अन्योल देखिएको छ । पछिल्लो कारोबार दिनको मैनबत्ती विश्लेषणमा बनेको डोजी आकारको हरियो मैनबत्तीले लगानीकर्ता अन्योलकै अवस्थामा कारोबारमा सहभागी भएको संकेत गरेको हो ।
नेप्सेसँगै यो साता सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३९ प्रतिशत घटेर ४४७ दशमलव २६ विन्दुमा बन्द भएको छ । घटेको बजारमा यो साता कुल बजार पूँजीकरण १ खर्ब ६ अर्ब ५२ करोड रुपैयाँभन्दा कम भएको छ । गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब २६ अर्ब २३ करोड २२ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४४ खर्ब १९ अर्ब ७० करोड ६९ लाख रुपैयाँ कायम भएको हो ।
बजार घटे पनि यो साता कुल कारोबार रकम र कित्ता भने बढेको छ । औसत कारोबार रकम कम भएको यो साता औसत कारोबार कित्ता भने बढेको छ । गत साता ३२ अर्ब ८८ करोड ७१ लाख रुपैयाँभन्दा बढीको ७ करोड ५४ लाख १५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता ४० अर्ब ९८ करोड ५४ लाख रुपैयाँभन्दा बढीको १० करोड ३३ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ, जुन गत साताभन्दा करीब २५ प्रतिशत बढी हो ।
गत साताभन्दा यो साता कुल कारोबार रकम ८ अर्ब ९ करोड रुपैयाँभन्दा बढी र कुल कारोबार कित्ता २ करोड ७८ लाख ९९ हजारभन्दा बढी भएको छ ।
औसतमा भने यो साता ८ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको २ करोड ६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साता भने औसतमा ८ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको १ करोड ८८ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
गत साताभन्दा यो साता औसतमा कारोबार रकम शून्य दशमलव ३० प्रतिशत घटेको हो भने कारोबार कित्ता करीब १० प्रतिशत बढेको हो ।
सातागत परिसूचकको तुलना
विवरण | यो साता | गत साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | 2,658.02 | 2,722.73 | -64.71 | -2.38 |
सेन्सेटिभ इन्डेक्स (अंक) | 447.26 | 458.22 | -10.96 | -2.39 |
कारोबार रकम (रू. हजारमा) | 40,985,490.78 | 32,887,139.66 | 8,098,351.13 | 24.62 |
कारोबार कित्ता | 103,315,394 | 75,415,638 | 27,899,756 | 36.99 |
औसत कारोबार रकम (रू. हजारमा) | 8,197,098.16 | 8,221,784.91 | -24,686.76 | -0.3 |
औसत कारोबार कित्ता | 20,663,078.80 | 18,853,909.50 | 1,809,169.30 | 9.6 |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | 4,419,706.99 | 4,526,232.22 | -106,525.23 | -2.35 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
उत्पादन तथा प्रशोधन समूहले कमाए
यो साताको कारोबारमा नेप्से परिसूचक घटे पनि उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव ५७ प्रतिशत बढेको छ । परिसूचक बढेको आधारमा उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले सर्वाधिक कमाएको देखिन्छ ।
यो साता म्युचुअल फण्डको परिसूचक शून्य दशमलव २६ प्रतिशत बढेको छ । यीबाहेक बाँकी समूहको परिसूचक भने घटेका छन् । यो साता विकास बैंक समूहको परिसूचक सर्वाधिक ४ दशमलव ७६ प्रतिशत घटेको छ भने वित्त समूहको ४ दशमलव ५८ प्रतिशत घटेको छ । त्यस्तै बैंकिङको ३ दशमलव ४६ प्रतिशत, होटल तथा पर्यटनको २ दशमलव ७३ प्रतिशत, जलविद्युतको २ दशमलव ६८ प्रतिशत, लघुवित्तको २ दशमलव ४८ प्रतिशत, व्यापारिकको २ दशमलव शून्य ७ प्रतिशत, जीवन बीमाको २ दशमलव शून्य ६ प्रतिशत, निर्जीवन बीमाका २ दशमलव शून्य ३ प्रतिशत, अन्यको १ दशमलव ५० प्रतिशत र लगानीको १ दशमलव शून्य ९ प्रतिशत परिसूचक घटेको छ ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन
विवरण | यो साता | गत साता | फरक प्रतिशत |
उत्पादन तथा प्रशोधन | 7,204.90 | 7,093.20 | 1.57 |
म्युचुअल फण्ड | 19.57 | 19.52 | 0.26 |
लगानी | 115.96 | 117.24 | -1.09 |
अन्य | 2,375.95 | 2,412.13 | -1.5 |
निर्जीवन बीमा | 12,339.51 | 12,595.35 | -2.03 |
जीवन बीमा | 13,140.65 | 13,416.76 | -2.06 |
व्यापार | 4,464.25 | 4,558.54 | -2.07 |
लघुवित्त | 4,744.73 | 4,865.64 | -2.48 |
जलविद्युत् | 3,481.77 | 3,577.66 | -2.68 |
होटल तथा पर्यटन | 6,410.67 | 6,590.39 | -2.73 |
बैंकिङ्ग | 1,334.96 | 1,382.75 | -3.46 |
वित्त | 2,449.85 | 2,567.31 | -4.58 |
विकास बैंक | 5,407.29 | 5,677.32 | -4.76 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)