काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन) ले अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई माघ २२ गते शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति प्रदान गरेको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर कम्पनीले निष्कासनमा ल्याउनेछ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि गत असार ९ गते बोर्डमा आवेदन दर्ता गराएको थियो । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।