काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु महालक्ष्मी लाइफ र इन्स्योरेन्स गुुँुरास लघुवित्त वित्तीय संस्थााके शेयर मूल्य समायोजना भएको छ । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले गुँरास लघुवित्त वित्तीय संस्थाको १४ दशमलव २५ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. १ हजार ५९१ दशमलव ९५ कायम भएको छ । नेप्सेले
मंगलवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
मंगलवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८१८ दशमलव ८० मा अन्तिम कारोबार भएको थियो ।
त्यस्तै नेप्सेले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ५५० कायम भएको छ । नेप्सेले मंगलवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
मंगलवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६०५ मा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर यी दुबै कम्पनीको शेयर भोलि अर्थात बुधवार धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ ।