काठमाडौं । दुई कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएका छन् ।
हिम रिभ पावर लिमिटेडले माघ २८ गते र पियोर इनर्जी लिमिटेडले माघ २९ गते आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन ।
हिम रिभर पावरले १३ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै पियोर इनर्जीले १६ लाख कित्रा आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
यी दुबै कम्पनीले सेबोनबाट स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछन् ।