काठमाडौं । बिहीवार दुई लघुवित्त वित्त संस्थाको संस्थापक शेयर विक्रीमा आएको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ६२ हजार कित्ता र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ८४ हजार ६५ कित्ता संस्थापक शेयर विक्रीमा आएको हो । यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र प्राथमिकतामा राखेर विक्रीमा ल्याइएको हो । दुवै कम्पनीको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
फरवार्ड माइक्रोफाइनान्सको शेयर खरीदका लागि विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ भने स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । स्वावलम्बन लघुवित्तले भने प्रतिकित्ता ४२५ रुपैयाँ मूल्य तोकेर यी शेयर विक्री गर्न लागेको हो । पहिलो चरणमा विद्यमान संस्थापकहरूबाट आवेदन प्राप्त नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।