काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । जेठ १ गते सूचना जारी गर्दै कम्पनीले आर्थिक वर्ष ०७५÷७६ को नगद लाभांश बुझ्न आग्रह गरेको हो । कतिपय लगानीकर्ताहरुले नगद लाभांश बुझ्न बाँकी रहेकाले आगामी एक महिनाभित्र आफ्नो लाभांश बुझ्न संस्थाको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा सम्पर्क गर्न कम्पनीले भनेको हो । तोकिएको अवधिभित्र नगद लाभांश बुझ्न नआउने शेयरधनीहरुको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी कम्पनीले दिएको छ ।
आर्थिक वर्ष ०७५/७६ मा कम्पनीले ७ प्रतिशत बोनस शेयर र कर समेत ७ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । पछिल्लो वर्ष नगद लाभांशभन्दा बोनस शेयरमा जोड दिदैं आएको कम्पनीले त्यस वर्ष भने नगद लाभांशलाई समेत जोड दिएको देखिन्छ ।