काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले जेठ २३ गते तीन आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बोलाएको छ । वैशाख ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले धुम्बराहीस्थित धुम्रबराह भन्यू, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले अघिल्ला तीन आर्थिक वर्ष ०७८/७९, ०७९/८० र ०८०/८१ को आर्थिक प्रतिवेदन पारित गर्नेछ ।
चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले पारित गर्नेछ । साथै सभामा संस्थापक र सर्वसाधारणबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचनको कार्यक्रम पनि तय भएको छ । सभा प्रयोजनका लागि जेठ ९ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा जेठ ८ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।