काठमाडौं । साताको चाथौ कारोबार दिन बुधवार नेप्से परिसूचक ३९ अंकले घटेको छ। यो दिन बजार घट्दा एक्सेल डेभलपमेन्ट बैंकसहित पाँच ओटा कम्पनीका शेयरधनीले सर्वाधिक गुमाएका छन् ।
एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा बढी ७ दशमलव ९५ प्रतिशतले घटेको छ । त्यसैगरी गुँरास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव ६० प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्थाको ७ दशमलव १७ प्रतिशत,प्रोग्रेशिभ फाइनान्सको ७ दशमलव १७ प्रतिशत र सप्तकोशी डेभलपमेण्ट बैंकको ७ प्रतिशत घटेको छ । ती कम्पनीहरुको शेयरमा खरीदकर्ता भन्दा विक्रेता हावी भएसँगै शेयरमूल्य घटेको हो ।
ती पाँच ओटा कम्पनीमध्ये गुराँस लघुवित्त र सप्तकोशी डभेलपमेन्ट बैंक चालू आवको पहिलो त्रैमासमा नोक्सानीमा रहेका छन् । सोही कारण पनि यी कम्पनीको शेयरमा विक्रेता हावी भएका हुन् । एक्सेल डेभलपमेनट बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ३०१ कयम भएको छ ।
त्यसैगरी गुँरास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य रू.८२०,उपकार लघुवित्तको रू.३ हजार ३४०,प्रोग्रेशिभ फाइनान्सको रू. २६५ र सप्तकोशी डेभलपमेन्ट बैंकको रू. २११ द्शदमलव १० कायम भएको छ ।
बुधवार कारोबारमा आएका २२३ ओटा धितोपत्रमध्ये १८१ ओटा धितोपत्रको मूल्य घटेको छ ।