काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार बैंक दोस्रो त्रैमाससम्ममा रू. ९ करोड ५ लाख नोक्सानीमा रहेको छ । गत आवको दोस्रो त्रैमासमा पनि बैंक रू. ६ करोड ९९ लाख नोक्सानीमा थियो । यस आधारमा बैंकको नोक्सानी गत वर्षको तुलनामा यस वर्ष बढेको छ ।
कम्पनीको वितरणयोग्य नाफा पनि रू. ८ करोड ७७ लाख ऋणात्मक रहेको छ । कम्पनी घाटामा रहेसँगै प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५९ पैसा ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव ८४ रहेको छ ।
खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा ४ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. २० करोड ६० लाख रहेकोमा चालू आवमा घटेर रू. १९ करोड ६४ लाखमा कायम भएको छ ।
कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २४ करोड छ । कम्पनीले जगेडामा रू. ८० करोड १४ लाख र शेयर प्रिमियममा रू. ९० लाख ७५ हजार सञ्चिति गरेको छ । कम्पनीको रिटेन्ड अर्निङ भने रू. ८ करोड ७७ लाख ऋणात्मक छ ।