काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक बजेट समीक्षा कात्तिक ६ देखि ७ गतेसम्म चितवनको सौराहामा सम्पन्न भएको छ । सो अवसरमा सहभागीलाई शाखा सञ्चालन तथा व्यवस्थापन तालीम समेत प्रदान गरिएको थियो ।
मधेश प्रदेशअन्तर्गत प्रदेश प्रमुख, अनुगमन अधिकृत तथा शाखा प्रमुख सहभागी रहेको तालीमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशी, नायव प्रमुख कार्यकारी अधिकृत मेषबहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे तथा सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने र कमल बहादुर खत्रीले गरेका थिए । बजेट समीक्षाअन्तर्गत पहिलो त्रैमासिक अवधिमा भएको कार्य सम्पादनको विषयमा समीक्षा गर्दै आगामी कार्ययाजनाबारे छलफल गरिएको संस्थाले जानकारी दिएको छ ।