सरकारले केही हप्ताभित्रै गरीब नागरिकलाई परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक गृहकार्य भइरहेको सहकारी तथा गरीबी निवारण मन्त्री एकनाथ ढकालले बताए । ‘नेपालमा कुल जनसंख्याको २५ दशमलव २ प्रतिशत नागरिक गरीबीको रेखामुनि रहेको तथ्यांक छ ।
शनिवार दमौलीमा आयोजित सहकारीका समस्या, चुनौती र समाधानसम्बन्धी अन्तरक्रियामा मन्त्री ढकालले भने, ‘हामी ती सबै नागरिकलाई परिचयपत्र वितरण गर्दैछौं ।’ परिचयपत्र वितरणको तयारी द्रुत गतिमा अघि बढिरहेको भन्दै मन्त्री ढकालले २ हप्ताभित्रमा वितरण थाल्ने योजना रहेको जानकारी दिए ।
‘गरीब परिवारलाई प्रतिपरिवार रू. ८ सय दिएर स्वास्थ्य बीमागरिदिने किनकि सोही रकमबाट नागरिकले उपचार गर्न सक्नेछन्’, मन्त्री ढकालले भने, ‘शीप भएर पनि पैसा नभएकालाई लगानीको बाटोसमेत राज्यले जुटाउनेछ ।’
वर्ष ८, अंक ६७, आइतवार १० मङ्सिर, २०६९