काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट-३० ले असार मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको न्याभ र नाफा जेठ मसान्तको तुलनामा असार मसान्तमा वृद्धि भएको छ ।
यस फण्डले जेठ मसान्तसम्ममा रू. ११ लाख ३१ हजार नाफा कमाएकोमा असार मसान्तमा उक्त रकम बढेर रू. ५ करोड ९९ लाख पुगेको हो । असार महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । जेठ मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. २ करोड ३८ लाख रहेकोमा असार मसान्तमा बढेर रू. ८ करोड ४९ लाख पुगेको छ ।
नाफासँगै फण्डको न्याभ पनि वृद्धि भएको छ । जेठ मसान्तसम्ममा फण्डको न्याभ १० रुपैयाँ ९९ पैसा रहेकोमा असार मसान्तमा बढेर ११ रुपैयाँ ४६ पैसा पुगेको छ ।
त्यस्तै यस फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । जेठ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ८५ करोड ४८ लाख लगानी गरेकोमा असार मसान्तमा बढाएर रू. ९५ करोड ४६ लाख पुर्याएको छ ।