काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेडले दशौं वार्षिक साधारण सभा भोलि (बुधवार) हुने भएको छ ।
सभा आम्रपाली ब्यांक्वेट थिरबम सडक, काठमाडौंमा उक्त दिन बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ । सभाले करसहित ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस ४ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।