काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गरेसँगै भोलि पुस ४ गते अर्थात् सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ दशमलव २६ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २० गते साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांक्वेट थिरबम सडक, काठमाडौंमा विद्युतीय माध्यमबाट बिहान ११ बजे हुने जानकारी दिइएको छ ।