काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि ५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले आफ्ना इकाईधनीको बैंक खातामा नगद लाभांश पठाउने भएका छन् ।
एनएमबि ५० ले आफ्नो इकाईधनीहरूलाई आज (सोमवार)बाट प्रतिफल वितरण गर्ने लागेको छ भने सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले भोलि (मंगलवार)बाट लाभांश वितरण गर्ने जनाएको छ ।
एनएमबि ५० ले गत वर्षको नाफाबाट करसहित १५ प्रतिशत नगद लाभांश र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले करसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेका हुन् ।
यी दुवै म्युचुअल फण्डले लाभांशको लागि असोज ११ गते बुक क्लोज गरिसकेका छन् । एनएमबि ५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फण्ड हुन् ।