काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ । यो साझेदारीअन्तर्गत डिशहोमले एनपीएलका सबै म्याच प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्ट्स एचडी यूट्यूब च्यानलमा प्रसारण गर्ने बताइएको छ ।
डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले एनपीएल २०२४ को डिजिटल स्ट्रिमिङ अधिकारको प्राप्ति ठूलो उपलब्धि भएको र यो साझेदारीले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्नका साथै क्रिकेट प्रेमीलाई एकै स्थानमा जोड्ने विश्वास व्यक्त गरे ।
डिशहोमसँगको यो साझेदारी नेपालमा क्रिकेटको नयाँ युगको शुरुआत भएको कम्पनीको भनाइ छ । ‘यस साझेदारीले डिशहोमलाई नेपाली क्रिकेटको उत्साह र समर्थन अझ सशक्त बनाउन नयाँ मार्गदर्शन प्रदान गरेको छ,’ कम्पनीले भनेको छ । एनपीएलको पहिलो सिजन मङ्सिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।