काठमाडौं । क्रिकेटप्रेमीहरूले प्रतीक्षा गरेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) आज देखि शुरू हुँदैछ । यो अवसरलाई थप रोमाञ्चक बनाउन भन्दै एनपीएलको मुख्य प्रायोजक एनसेलले विशेष फ्यान प्याक अफर सार्वजनिक गरेको छ। एनसेलले यूट्युब, डेटा, र भ्वाइस सेवामा आधारित आकर्षक प्याकहरू ल्याएको हो । यी प्याकहरू मार्फत ग्राहकले एनपीएलका खेलहरू अनलाइन हेर्न सक्ने मात्र होइन, प्रत्यक्ष मैदानमा खेल हेर्न र आकर्षक उपहार जित्न पनि योग्य हुने एनसेलले जनाएको छ।
यस्ता छन् एनसेलका विशेष अफरहरू
सधैं अन प्याक
- रु. ३९९ देखि रु. १४९९ सम्म।
- यूट्युबमा अनलिमिटेड पहुँच।
खेलहरू अनलाइन हेर्न कुनै रोकावट बिना डेटा सुविधा।
अनलिमिटेड डेटा प्याक
- रु. ५० (१ दिन)
- रु. १२५ (३ दिन)
- रु. १९९ (७ दिन)
- रु. ९९९ (२८ दिन)
यी प्याकहरू एनपीएलका खेलहरू हेर्न र स्ट्रीमिङ गर्न उपयुक्त हुनेछन् ।
अनलिमिटेड भ्वाइस प्याक
- रु. १४९ (७ दिन)
- रु. ४९९ (२८ दिन)
ग्राहकले अनलिमिटेड कल सुविधा पाउँछन्।
स्पिन द ह्वील र पुरस्कार
प्याक किनेपछि ग्राहकले एनसेल एपमा रहेको ‘स्पिन द ह्वील’ मार्फत एनपीएल टिकट, १ जीबी डेटा, क्यासब्याक, वा एसएमएस जस्ता पुरस्कार जित्न सक्नेछन्।
एनसेल फाउन्डेसनले हरेक चौका प्रहारका लागि ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गर्ने योजना सार्वजनिक गरेको छ। यस पहलले दुर्गम क्षेत्रका बालबालिकाहरूको शिक्षामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)सँग सहकार्य गर्दै, एनसेलले नेपाली क्रिकेटलाई उचाइमा पुर्याउने र स्थानीय प्रतिभाहरूलाई प्रोत्साहित गर्ने लक्ष्य लिएको छ। एनसेलका अफरहरूले क्रिकेटप्रेमीहरूको उत्साह थप बढाउने विश्वास गरिएको छ।