काठमाडौं। भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र शुक्र हाउस अफ डायग्नोस्टिक्स एन्ड वेलनेस् सेन्टरबीच एससीटी–यूपीआई कार्ड प्रयोगकर्तालाई छूट दिनेसम्बन्धी सम्झौता भएको छ ।
एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्दा इन हाउस रुटिन टेस्टमा २० प्रतिशत, इन हाउस स्पेसियलाइजेसन टेस्टमा १५ प्रतिशत, आउट सोर्स टेस्टमा ५ प्रतिशत तथा एक्सरे, यूएसजी, ईसीजी र ईको गर्दा १० प्रतिशत छूट पाउनेछन् । साथै एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताले काठमाडौं उपत्यकाभित्र घरमै बसी बसी हुने चिकित्सक परामर्श सेवामा ५ प्रतिशत, नर्सिङ केयर सेवामा ५ प्रतिशत र नेपालभर टेलिमेडिसिन सेवामा ५ प्रतिशत छूट रहेको बताइएको छ ।
साथै काठमाडौं उपत्यकाभित्र नि:शुल्क होम कलेक्सनको पनि सुविधा रहेको बताइएको छ । हाल एससीटीमा ‘क’ वर्गका ५ बैंक, ‘ख’ वर्गका ५ बैंक, ‘ग’ वर्गका ११ बैंक र १०० भन्दा बढी सहकारी संस्थाहरू आवद्ध रहेको बताइएको छ ।