काठमाडौं। नेपालका लागि कियाको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले काठमाडौंको गैरीधारास्थित सिल्भर ओक ब्यांक्वेटमा शुक्रवार ‘किया एक्सचेञ्ज कार्निभल’ शुरू गरेको छ । आज (आइतवार)सम्म चल्ने कार्निभलले सवारीसाधनका पारखीलाई कियाको उन्नत विद्युतीय वा भरपर्दा आईसीई गाडीमा अपग्रेड हुने अद्वितीय अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।
कार्निभलका अवसरमा जुनसुकै ब्रान्डका पुराना गाडी आकर्षक मूल्यमा विक्री गरी कियाका गाडी लिन सकिने कम्पनीले जानकारी दिएको छ । कार्निभलमा कियाका गाडीको टेस्ट ड्राइभमा सहभागीका लागि कम्पनीले विशेष उपहारको व्यवस्था गरेको बताइएको छ । कार्निभलमा एक्सचेञ्ज बोनसबापत ६ लाख रुपैयाँसम्म र नगद भुक्तानी गरेर गाडी किन्दा ६ लाख रुपैयाँसम्म छूट पाइनेछ । त्यसैगरी गाडी खरीदकर्तालाई सहज तरीकाले बैंक, वित्तीय संस्थाबाट फाइनान्सको व्यवस्था मिलाइएको छ । कम्पनीले विक्री गर्ने गाडीमा एक वर्षसम्मको सडक कर र एक वर्षको पूर्ण बीमा आफैले बेहोर्ने नीति लिएको बताइएको छ । कार्निभलमा ग्राहकले एक्सचेञ्ज गर्ने सवारीसाधनको आकर्षक मूल्यांकन र एक्सचेञ्ज बोनसको समेत लाभ लिन सक्नेछन् । कियाले कार्निभलमा सोनेट र सेल्टोसका ४–४ भेरियन्ट, कारेन्सको ग्राभिटी एडिसन (२०२५), ईभी६ र ईभी९ प्रस्तुत गरेको छ ।