काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले सप्ताहव्यापी रूपमा ‘ग्लोबल मनी विक २०२४’ मनाएको छ ।
‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ अभियानलाई सार्थक बनाउन बैंकले विभिन्न विद्यालय एवं क्याम्पस गरी ३४ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्थीमा वित्तीय ज्ञान, शीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताइएको छ ।
कार्यक्रमबाट वित्तीय शिक्षाको महत्त्वका बारेमा जागरण ल्याउने हेतुले वार्षिक रूपमा मनाइने साप्ताहिक अन्तरराष्ट्रिय अभियान ‘ग्लोबल मनी विक’को उद्देश्यलाई प्राप्त गर्न मद्दत पुगेको बैंकको विश्वास छ ।