काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ६२ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता १५० रुपैयाँमा उक्त शेयर विक्रीमा ल्याएको हो ।
यस शेयर खरीदका लागि हाल कम्पनीका विद्यमान शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
शेयर खरीद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (फागुन १३ गते)ले ३५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित चारखालरोडमा रहेको कम्पनीको मुख्य कार्यालयमा आवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरीद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति वा संस्थालाई शेयर विक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।