काठमाडौं। गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचूअल फण्ड’अन्तर्गत रू. १ अर्ब बराबरको पहिलो बन्दमुखी योजनाको रूपमा ‘गरिमा समृद्धि योजना’ सञ्चालन गर्ने प्रयोजनार्थ आइतवार नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दर्ता गरेको छ ।
प्रस्तावित योजनाअन्तर्गत रू. १० अंकित मूल्यका १० करोड इकाई जारी गर्न लागिएको हो । उक्त योजना हाल सेबोनको म्युचूअल फन्डको पाइपलाइनमा रहेको बताइएको छ । संस्थाले सामूहिक लगानी कोषको योजना व्यवस्थापन बाहेक लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य सेवा प्रवाह गर्दै आएको छ ।
गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यसका सम्पूर्ण सेवा ग्राहक समक्ष पुर्याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयबाट सहजीकरण हुँदै आएको छ ।