इन्फोडेभलपर्स र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी
काठमाडौं। इन्फोडेभलपर्स प्रालि र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यावसायिक सेवाका लागि समझदारी भएको छ । इन्फोडेभलपर्सको ‘कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक (सीएसआर)’ प्रणाली बैंकमा लागू गर्न सम्झौता भएको हो । सम्झौतासँगै बैंकले प्रवाह गर्ने सेवाहरू स्वचालित र सरल बनाउन सीएसआर सफ्टवेयरले सहयोग गर्ने बताइएको छ । यससम्बन्धी सम्झौतामा इन्फोडेभलपर्सका निर्देशक अर्बिन प्रधान र बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।
सीएसआर सफ्टवेयरले वित्तीय डाटा म्याच सुनिश्चित गरेर सुल्झाउने प्रक्रियालाई सरल बनाउने बताइएको छ, जुन वित्तीय इन्टिग्रिटी कायम राख्नका लागि सहयोग गर्ने बताइएको छ । सफ्टवेयरको परिचालनसँगै बैंकको आन्तरिक कार्यक्षमता सुधार्न, म्यानुअल कार्य घटाउन र वित्तीय व्यवस्थापनमा समग्र दक्षता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।