पुस १७, काठमाडौं (अस) । माथिल्लो कर्णाली जलविद्युत् आयोजना छाड्ने समाचार निराधार भएको भारतको जीएमआर इनर्जी लिमिटेडले बताएको छ । जीएमआरले बुधवार एक विज्ञप्ति जारी गर्दै माथिल्लो कर्णाली आयोजना छाड्ने समाचार कपोलकल्पित भएको बताएको छ । ‘गलत समाचार सार्वजनिक भएकोमा त्यसको खण्डन गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । जीएमआरले ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी र ९ सय मेगावाटको माथिल्लो कर्णाली निर्माण गर्दै छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.