काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासम्म ज्योति विकास बैंक लिमिटेडले १५ करोड २४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको सो अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष खुद नाफा २४ दशमलव ४० प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले २० करोड १६ लाख रूपैयाँभन्दा बढी रहेको थियो । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य २८ करोड ६६ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । यस वर्ष कम्पनीको इम्पेरेमेन्ट चार्ज बढेकाले सञ्चालन नाफासँगै खुद नाफामा असर परेको हो । गत वर्ष ७१ करोड ४५ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष ८३ करोड २ लाख रूपैयाँभन्दा बढी रहेको हो । सञ्चालन नाफा यस वर्ष गत वर्षभन्दा २३ दशमलव ३१ प्रतिशत कम २२ करोड रूपैयाँभन्दा बढी भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रूपैयाँ रहेको छ । रिटर्न अर्निग २८ करोड ६६ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम १ अर्ब ५० करोड ३३ लाख रूपैयाँभन्दा बढी रहेको छ । यस वर्षभन्दा कम्पनीले ६३ अर्ब ४२ करोड ५४ लाख रूपैयाँ निक्षेप संकलन गरेकोमा ५० अर्ब ७३ करोड १३ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्षभन्दा यस वर्ष बढेर ४ दशमलव ९७ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी ४ रूपैयाँ ६२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रूपैयाँ २० पैसा रहेको छ ।
इम्पेरमेन्ट चार्ज बढ्दा नेपाल फाईनान्सको नाफा ८७ प्रतिशतले घट्यो
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल फाईनान्स लिमिटेडले १३ लाख १८ हजार रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म १ करोड ५ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ८७ दशमलव २५ प्रतिशत कम खुद नाफा गरेको हो ।
यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफामा असर परेको हो । गत वर्ष ७४ लाख ३१ हजार रूपैयाँभन्दा बढी इम्पेरमेन्ट चार्ज वापतको रकम फिर्ता पाएको कम्पनीले यस वर्ष १ करोड ६६ हजार रूपैयाँभन्दा बढी इम्पेरमेन्ट चार्जमा रकम छुट्याएको हो । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा २२ करोड १० लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ७२ करोड ९४ लाख ९६ हजार रूपैयाँ रहेको छ । शेयर प्रिमियममा ५ करोड १० लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निग भने २२ करोड १० लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । जगेडा कोष रकम भने ४२ करोड ३९ लाख रूपैयाँभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म २ अर्ब २४ करोड ४८ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले १ अर्ब ७३ करोड ६७ लाख रूपैयाभन्दा बढी कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन यस वर्ष २४ दशमलव २९ प्रतिशत र कर्जा प्रवाह ३३ दशमलव २५ प्रतिशत बढेको हो । निष्क्रिय कर्जा गत वर्ष १३ दशमलव ६१ प्रतिशत रहेकोमा यस वर्ष घटेर ९ दशमलव २४ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी २४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३४ रूपैयाा ८३ पैसा छ ।