काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले दिएको आदेशप्रति चित्त नबुझेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालत पोखरा निवेदन दर्ता गरेका छन् ।
उनले जिल्ला अदालत कास्कीले तोकेको धरौटी बदर गरी साधारण तारेखमा छाड्नुपर्ने माग गरी रिट निवेदन दिएको उच्च अदालत पोखराका सूचना अधिकारी निल प्रसाद पनेरुले जानकारी दिए ।
कास्की जिल्ला अदालतले गत पुस २५ गते रास्वपा सभापति लामिछानेविरुद्ध ६५ लाख रुपैयाँ घरौटीमा छाड्ने आदेश दिएको थियो ।