काठमाडौं । सिटीजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ७ करोड १४ लाख नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा समान्य अर्थात १ दशलमव ६० प्रतिशत वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. ७ करोड ३ लाख नाफा कमाएको थियो ।
कम्पनीको कुल आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीको कुल आम्दानी रू. १ अर्ब ६१ करोड रहेकोमा चालू आवमा बढेर रू. १ अर्ब ७१ करोड पुगेको हो ।
आइपीओ निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी रू.३ अर्ब ७५ करोड पुगेको छ । कम्पनीले जगेडामा रू.६५ करोड १४ लाख, महाविपत्ती कोषमा रू. १४ करोड ५० लाख र शेयर प्रिमियममा रू.१ अर्ब ५५ करोड सञ्चिती गरेको छ ।
चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६३ पैसा,मूल्य आम्दानी अनुपात ५२ दशमलव ३३ गुणा र प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ४१ पैसा रहेको छ ।