काठमाडौं। कजारिया रमेश टायल्स लिमिटेडले भैरहवामा नयाँ अत्याधुनिक उत्पादन केन्द्रको ‘किल्न लाइट अप’ (भट्टी प्रज्वलन) कार्यक्रम सम्पन्न गरेको छ ।
अत्याधुनिक प्रविधिले सुसज्जित कारखानाले बजारको माग अनुसार व्यापक दायरामा उत्पादन गर्ने र उच्च गुणस्तरका टायलको उत्पादनले उच्च गुणस्तरका टायलको माग पूर्तिसँगै मूल्य सहज हुँदा उपभोक्ताले समेत लाभ लिने अपेक्षा कम्पनीको छ ।
कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले अत्याधुनिक प्लान्टले नवीनता र गुणस्तरप्रतिको कम्पनीको प्रतिबद्धतालाई पूरा गर्ने बताए । उनले भने, ‘जसले नेपालको बढ्दो बजारलाई अझ राम्रोसँग सेवा दिन हामीलाई देशको पूर्वाधार विकासमा योगदान गर्न सक्षम बनाउँछ ।’
कजारिया रमेश टाइल्स लिमिटेडका अध्यक्ष प्रतिक जलानले कम्पनीको विस्तारले मुलुकको अर्थतन्त्रलाई सहयोग गर्दै टायलमा आत्मनिर्भर हुने लक्ष्यको पहिलो प्रक्रिया पूरा गरेको बताए ।