काठमाडौं । पछिल्लो समय हरेक दिन कम्पनीहरूले सार्वजनिक सूचनामार्फत संस्थापक शेयर विक्रीको जानकारी गराइरहेका छन् । सोही क्रममा बिहीवार दुई कम्पनीले संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेका छन् ।
कुमारी बैंकले ४ हजार ४४ कित्ता र युनाइटेड अजोड इन्स्योरेन्सले १६ हजार ५९३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् । कुमारी बैंकले शेयरको मूल्य खुलाएको छैन भने युनाइटेड अजोड इन्स्योरेन्सले भने शेयरको मूल्य प्रतिकित्ता २०५ रुपैयाँ उल्लेख गरेको छ ।
यी शेयर खरीदका लागि सम्बन्धित कम्पनीको विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । कुमारी बैंकको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, टंगाल, काठमाडांै र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय, नक्साल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।
युनाइटेड अजोड इन्स्योरेन्सको शेयर खरीदका लागि भने आगामी ३५ दिनभित्रै कम्पनीको केन्द्रीय कार्यालय, सुन्धारा, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । दुवै कम्पनीले तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री गर्ने जानकारी दिएका छन् ।