काठमाडौं । नेपाल बैंकले पनि यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । यस वर्ष नेपाल बैंकसहित अन्य धेरै सूचीकृत कम्पनीले लाभांश वितरण गर्ने निर्णय गरेका छन् । बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण स्वीकृत गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकले वार्षिक वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेस गर्ने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि गरेको छ । यसअघिका वर्षहरू निरन्तर बैंकले लाभांश वितरण गर्दै आएको थियो । गत वर्ष बैंकले २ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।