काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आगामी कात्तिक १३ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । असोज १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बालुवाटार प्यालेस, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउने छ ।