काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक शेयरधनीको नाममा रहेका २६ हजार २५२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयधनीहरुले सूचना प्रकाशित भएको (असोज ४) मितिबाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय रत्ननगर–०१, टाँडी, चितवनमा निवेदन दिनुपर्नेछ ।
उक्त अवधिमा निवेदन नपरेमा प्रचलित कानून बमोजिम सर्वसाधारणका लागि विक्रीमा ल्याउने समेत कम्पनीले जनाएको छ ।