काठमाडौं। ग्राहकलाई नवीनतम डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य अनुरूप नेपाल बैंक लिमिटेडले काठमाडौंको न्यूरोडमा रहेको मुख्य शाखामा नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटलमैत्री बनाउँदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिँदै लगिने जानकारी दिएको छ ।
यो मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकाले ग्राहकलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको बैंकको भनाइ छ । हाल बैंकले २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा प्रदान गर्दै आएको छ । अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न बैंक सधैं प्रतिबद्ध रहेको बैंकको भनाइ छ ।