काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बंैकिङ लिमिटेड सञ्चालक समितिको अध्यक्षमा विकास आनन्द नियुक्त भएका छन् ।
सोमवार सम्पन्न समितिको ६६औं बैठकले आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट सञ्चालकको रूपमा मनोनित गरी पठाए बमोजिम सञ्चालक नियुक्त गरिएको थियो । सोही बैठकले आनन्दलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरेको बताइएको छ ।
आनन्द एसबिआई बैंकको प्रमुख सञ्चालन अधिकृतको पदमा कार्यरत रही केन्द्रीय सञ्चालन, मानव संशोधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानून लगायतका मामिला हेर्दै आएका छन् ।
आनन्दले प्रचलित कम्पनी ऐनबमोजिम गोपनीयता तथा इमानदारीको शपथ ग्रहण गरेका छन् । उक्त शपथ ग्रहण कार्यक्रममा एसबिआई मर्चेण्टका सञ्चालक राजेशकुमार पांडा, छपिराज पन्त, स्वतन्त्र सञ्चालक नन्दनहरि शर्मा, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल तथा कम्पनी सचिव खगेश्वर भट्ट लगायतको उपस्थिति थियो ।