काठमाडौं । नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त लगानीमा नवलपरासीमा अत्याधुनिक उद्योग स्थापना गरेर कजारिया ब्राण्डको टायल्स उत्पादन गर्दै आएको बताइएको छ । कजारिया रमेश टायल्स लिमिटेडले २०७९ सालदेखि नवलपरासीमा अन्तरराष्ट्रियस्तरको अत्याधुनिक उद्योग स्थापना गरेर उत्पादन गर्दै आएको हो ।
हाल कजारिया ब्राण्डका ६०० बाई ६०० एमएम, ६०० बाई १२०० एमएम साइजमा ग्लेज भिट्रिफाइड टायल्स र ४०० बाई ४०० एमएमका हेभी ड्यूटी भिट्रीफाइड टायल्स उत्पादन गरी बजारमा विक्री वितरण गरिरहेको बताइएको छ । कम्पनीले निकट भविष्यमा ३०० बाई ६०० एमएम र ३०० बाई ४५० एमएम सिरामिक्स टायल्स उत्पादन गर्ने कम्पनीले जानकारी दिएको छ ।
कजारिया टाइल्सको नेपालमै उत्पादन हुन थालेपछि २० देखि २५ प्रतिशतले सस्तो भएको कम्पनीको दाबी छ । कम्पनीका निर्देशक हिमांशु अग्रवालले नेपाली बजारबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित रहेको बताए ।
‘हामी कजारिया टायल्सलाई नेपालमा प्रस्तुत गर्दा धेरै उत्साहित छौं । नेपाली बजारले हाम्रो उत्पादनसँग असाधारण माया र समर्थन दिएको छ । कजारिया टायल्सको माग दिन प्रतिदिन बढिरहेको छ र हामी हाम्रा ग्राहकको आवश्यकता अनुसार उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन प्रतिबद्ध छौं,’ उनले भने ।
कजारिया टायल्सको उत्पादन प्रक्रिया अत्याधुनिक प्रविधिको प्रयोगबाट अत्यन्त गुणस्तरीय र दीर्घकालीन टिकाउपनका लागि डिजाइन गरिएको उनको भनाइ छ ।