काठमाडौं । मार्केटिङ र ब्रान्डिङ विज्ञ वसन्त बक्सीले भारतको ट्रेडफ्लक बिजनेस म्यागजिनको ‘एशियाज् बेस्ट मार्केटिङ लिडर्स २०२४’ प्राप्त गरेका छन् ।
बक्सी हाल महालक्ष्मी विकास बैंक लिमिटेडमा मार्केटिङ, ब्रान्ड, डिजिटल मार्केटिङ, सीएसआर, पब्लिक रिलेसन र कर्पोरेट कम्युनिकेसन विभागको प्रमुखका रूपमा कार्यरत छन् ।
ब्रान्डिङ, डिजिटल संलग्नता र सीएसआर पहलमा रूपान्तरणकारी परिवर्तन ल्याउन उनको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उक्त अवार्ड प्रदान गरिएको बताइएको छ ।
यसअघि उनले एनआईसी एशिया, मेगा बैंक र मुक्तिनाथ विकास बैंकमा सोही जिम्मेवारीमा रही बैंकको ब्रान्ड तथा सामाजिक सञ्जाल रणनीति निर्माणमा योगदान दिएको बताइएको छ ।