काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल ल्युब आयल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । यस कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको २५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. २२५ दशमलव ९२ कायम भएको छ । नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २८२ दशमलव ४० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यका आधारमा बुधवार कम्पनीको शेयर कारोबार खुल्नेछ ।