काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ५८ लाख १० हजार ४३७ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
यो बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले असार १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।