काठमाडौं । यो साताको शुरुआती दुई कारोबार दिन घटेको नेप्से परिसूचक बुधवार (आज) भने बढेर बन्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक ९.६६ अंकले बढेर २ हजार ६७६.२८ अंकमा पुगेको छ ।
आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ५ अर्ब ३० करोडभन्दा बढीको शेयर कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडभन्दा बढीको कारोबार भएको छ ।
आज नेप्सेमा ‘डोजी’ आकारको मैनबत्ति आकृति बनेको छ । यसले बजार बढ्न खोजिरहेको र लगानीकर्ताको बजारप्रति अनिश्चितता रहेको संकेत गरेको जानकार बताउँछन् ।
गभर्नर नियुक्तिमा ढिलाइलगायत कारणले लगानीकर्ता बजारप्रति विश्वस्त हुन सकेका छैनन्, जसको सिधा असर शेयर बजारमा देखिएको छ ।
आज १५४ धितोपत्रको मूल्य बढेको छ भने ९० को घटेको छ । यस्तै, १ को भने स्थिर रहेको छ ।
यस दिन बैंकिङ र व्यापार बाहेक सबै समूहगत सूचक बढेका छन् । आज बैंकिङ समूहको सूचक ०.०३ प्रतिशत र व्यापारको ०.४० प्रतिशत घटेको छ । होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी २.४४ प्रतिशत बढेको छ ।
यस दिन नेपाल माइक्रोइन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । यस्तै, सिन्धु विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै ७.४ प्रतिशत घटेको छ ।